|  

युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने

बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने भएको छ । 

दुबईको जेन ट्रेड ढुवानी कम्पनीले बङ्गलादेशबाट मल ढुवानी गर्ने ठेक्का पाएको छ । सो  कम्पनीले  मङ्गलबारबाट  बङ्गलादेशको बङ्गलादेश  केमिकल  इन्ड्रस्टिज  कर्पोरेसनसँग  मल बुझ्ने काम सुरु गर्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख  नेत्र  भण्डारीले  जानकारी  दिए । त्यहाँबाट मल  बुझेपछि  नेपालसम्म  आइपुग्न  धेरैमा  दुई  हप्ता लाग्ने उनले बताए ।

उनले  भने,  “बङ्गलादेशले  पैँचोमा  नै मल  दिने  भनेको  बेला  नै  हामीले  ढुवानी  कम्पनी तथा बोरा छपाइ गरी ठीक पारेका थियौँ र उताको कम्पनीले  पनि  मल  तयारी  अव‚थामा  राखेको  थियो तर सरकार–सरकारको बीचमा के कुरा नमिलेपछि पछि जीटूजी  सम्झौतामार्फत  यो  मल  ल्याउन  लागेको  होध्र त्यही  भएर केही  ढिला  भएको  छ ।”  

भारतमा  भन्सार प्रक्रिया  पूरा  गरी  ढुवानी  कम्पनीले  जसरी  त्यहाँको कारखानाबाट मल प्राप्त गर्छ, त्यसरी नै नेपाल पठाउने काम हुने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।