|  

स्टिव जब्सले बनाएको एप्पल कम्प्युटर १७ करोडमा बिक्रीमा

काठमाडौं । एप्पलका संस्थापक स्टिव जब्सले बनाएको पहिलो एप्पल कम्पनीको कम्प्युटर बिक्रीका लागि राखिएको छ । सन् १९७६ मा पहिलो पटक प्रडक्ट सार्वजनिक गरेको एप्पलले सुरुमा बनाएका कम्प्युटरमध्येको एक यो हो ।

यो कम्प्युटरसहित ५० कम्प्युटर सुरुमा स्टिव जब्स र स्टिव वोज्नियाकले बनाएका थिए । त्यति बेला यो कम्प्युटरको मूल्य ६ सय ६६ डलर राखिएको थियो ।

अहिले इवे ईकमर्स कम्पनीले यो कम्प्युटर बिक्रीका लागि राखेको हो । काठको बक्सामा सेट रहेको यो कम्प्युटर अहिले  पनि चल्छ । किबोर्ड कनेक्टर बाहेक अन्य कुनै कुरा फेरिएको पनि छैन ।

यसको मूल्य १५ लाख डलर (करिब १७ करोड ४८ लाख नेपाली रुपैयाँ) राखिएको छ ।