|  

एकसाता पछि सर्‍यो ‘मिस नेवाः नेपाल’

काठमाडौँ । नेप्लिज फेशन होम आयोजक रहेको सौदर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को अन्तिम स्पर्धा एकसाता पछि गरेको छ ।७ फागुनमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रजातन्त्र दिवस सम्बन्धि कार्यक्रम हुन लागेकोले प्रतियोगिता एकसाता पछि सारिएको नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् ।

मिस नेवाः को अहिले आयोजना हुन लागेको १५औं संस्करण हो । यो संस्करणमा १५ नेवार सुन्दरीहरु अन्तिम प्रतिस्पर्धामा भिड्दैछन् ।

प्रतियोगिहरु विभिन्न तालिम, प्रशिक्षण र भ्रमणपछि अन्तिम स्पर्धामा उत्रिन लागेका हुन् । नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यो प्रतियोगिता आयोजना गर्दै आएको नेप्लीज फेसन होमकी अध्यक्ष मानन्धरले जानकारी दिइन् ।