|  

जापानमा फेरि गयो भूकम्प

२ फागुन, काठमाडौं । जापानको फुकुशिमा प्रान्तमा आइतबार लगातार दोस्रो दिन पनि भूकम्प महशुस गरिएको छ । मौसम एजेन्सीका अनुसार दोश्रो पटक आएको भूकम्पको कम्पन ५.२ म्याग्नेच्युडको थियो । यो भुकम्प आज करिब त्यहाँको ४ बजेको आसपासको गएको थियो । यसको केन्द्र जमिनबाट ५० किलोमिटर गहिरो थियो। भूकम्प पछि सुनामी आउने सम्भावनाको चेतावनी भने जारी गरिएको छैन।

फुकुशिमाले शनिबार राति पनि ७.३ परिमाणको भूकम्प गएको थियो । यसमा १४० जना घाइते भएका छन् । यसको भूकम्पको कम्पन टोकियो सम्म महसुस गरिएको थियो। त्यहाँको सञ्चार माध्यमका अनुसार हिजोको भुकम्पको प्रभावका कारण करिब १० लाख घरधुरीलाई बिजुली आपूर्ति बन्द भएको छ।

भूकम्प पछि जापानी सरकारले प्रधानमन्त्री कार्यालयमा टास्क फोर्स गठन गरेको छ। प्रधानमन्त्री योशीहिदा सुगाले अधिकारीहरुलाई घाटाको छिटो सर्वेक्षण गर्न लगाएका छन् ।