|  

आज प्रेम दिवस मनाइदै

फाल्गुन २    युवा युवतीहरुलगायत महिला पुरुषले प्रेम दिवस मनाइरहेका छन् । विश्वभर वर्ष फेब्रुअरी १४ का दिन यो दिवस मनाउँदै आएका हुन् । 

नेपालभरि नै प्रेम दिवसलाई विशेष चाँडको रुपमा मनाउन थालिएको छ । पछिल्लो समय खास गरी युवा युवतीहरुले यो दिवसलाई उल्लासका साथ पर्वको रुपमा मनाउन थालेका हुन् ।

एकअर्कालाई माया, प्रेम र सद्भाव व्यक्त गर्न यो दिवस उल्लासका साथ युवा युवतीहरुले मनाउने गरेका छन् । यो दिन प्रेमीप्रेमिकाले एक अर्कालाई गुलाबको फूलका साथै उपहार दिएर बाचा बन्धनका साथ प्रेम प्रस्ताव राख्ने गर्छन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर सँगै मर्ने बाँचने बाचा बन्धन गर्ने गरेका हुन् । 

युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् । भ्यालेन्टाइन डेको रौनक बढेपछि गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने चलन युवायुवतीमा बढ्दै गएको छ । टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउन थालेका छन् ।

यो समयमा पलसमा रातो गुलाब तथा ‘आई लभ यु’ लेखिएको विभिन्न उपहार पोस्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट, चकलेट जस्ता सामान बढी बिक्री हुने गरेको छ । भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २ सय ६९ मा रोमनबाट सुरु भएको हो ।

सैनिक नारीसँगको सम्बन्धका कारण कमजोर हुने भएपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उलंघन गर्ने घोषणा गरेका थिए । 

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए। मृत्युदण्डभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए।

भ्यालेन्टाइनलाई सन् २ सय ६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा यो दिनलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसका रूपमा मनाउन थालिएको हो। य