|  

नेप्सेमा ३३.३३ अंकको भारी गिरावट, धेरै कमाउनेमा निफ्राका लगानीकर्ता

२ फागुन, काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो दिनभन्दा (३३.३३ अङ्क अर्थात्)१.३२ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २४९३.५९ अङ्कमा आज बजार बन्द भएको छ । आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २५३८.५४४८ र कममा २४८१.३३६५ पुगेको थियो।

आज सबैभन्दा धेरै नेपाल इन्फ्राष्टक्चर बैंकका सेयर लगानीकर्ताले कमाए। म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक तल झरेको छ । नेपाल इन्फ्रास्टक्चर बैंकको भाउमा सकारात्मक सर्किट लागेको छ । खरिदबिक्री रकममा नेको इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसको ५२ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेप्सेमा आज मात्रै कारोबारमा आएको निफ्राको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

यस्तै, आज सबैभन्दा धेरै सपोर्ट लघुवित्तका लगानीकर्ताले गुमाएका छन्। नेप्सेका अनुसार आज २ सय २ कम्पनीको १ करोड ४८ लाख ५१ हजार कित्ता सेयर ६ अर्ब ९२ करोड बढी रुपैंयामा कारोबार भयो।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये १ वटा मात्र उपसमूहहरुको सेयर बढेको छ । आज म्युचुअल फण्डको मात्र सेयर बढेको हो। बाँकि ११ वटा उपसमूहको सेयर घटेको छ।