|  

प्रकाश सपुतलाई कोरोना पुष्टि, केएमसीमा भर्ना

काठमाडौं । चर्चित लोक गायक प्रकाश सपुतलाई कोरोना पुष्टि भएको छ। शुक्रबार सामाजिक संजालमार्फत आफूलाई कोरोना पुष्टि भएको उनले जानकारी दिएका छन्।

हाल उनी काठमाडौं मेडिकल कलेजमा रहेका छन् । उनले सबैलाई कोरोनालाई सामान्य नठान्न पनि आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘अन्ततः काठमाडौं मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पीसीआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने÷गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटी फिल भएपछि मैले पीसीआर टेस्ट गरेको थिए । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ । धेरै शरीर दुख्ने/गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए ।’