|  

दैलेखमा कोरोना संक्रमणले गर्भवतीको मृत्यु

दैलेख : कोरोना संक्रमणका कारण शुक्रबार दैलेखमा एक गर्भवतीको मृत्यु भएको छ । 

 

 

मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २२ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिरप्रसाद रेग्मीले जानकारी दिए । 

१० महिनाकी गर्भवती रहेकी उनी बिरामी परेपछि उपचारका लागि अस्पताल लगिएकोमा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । 

उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा मृत्यु भएको हो।

उनको बच्चा हुने समय नाघिसकेकाले दैलेख अस्पतालले सुर्खेत रिफर गरेको थियो । अस्पतालले रिफर गरेको भए पनि उनी नगएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख रेग्मीले बताए ।