आकाशगंगामा ६ वटा ताराहरुको एउटा यस्तो प्रणाली भेटिएको छ, जसमा ६ वटा तारा २–२ को समूहमा एक अर्कालाई परिक्रमा गरिरहेका छन् । पृथ्वीबाट हेर्दा यिनीहरुले एक अर्कालाई ग्रहण लगाइरहेको जस्तो देखिन्छ ।
अन्तरिक्षमा ताराले एक अर्कालाई परिक्रमा गर्ने गरेको तपाईंले सुनिरहेकै कुरा हो, तर वैज्ञानिकहरुले ६ वटा ताराको एउटा यस्तो झुण्ड फेला पारेका छन्, जसमा दुइटा ताराले एक अर्काको परिक्रमा गर्ने मात्रै नभएर, यहाँ रहेका ६ वटा ताराले एक अर्काको परिक्रमा गरिरहेका छन् । पृथ्वीबाट करिब २ हजार प्रकाशवर्ष पर रहेका यी तारालाई नांगो आँखाले त देख्न सकिन्न । यिनलाई टेलिस्कोपले हेर्दा पनि अति टाढा भएका कारण यी बेग्ला बेग्लै नभएर,एउटा ठूलो बिन्दु जस्तै देखिन्छन । उक्त बिन्दु कहिले तीव्र त कहिले मन्द प्रकाशले चम्किरहेको देखिन्छ । यसो हुनुको कारण चाहिँ उक्त तारा समूहका ताराहरुले परिक्रमा गर्ने क्रममा एक अर्काको प्रकाशलाई छेक्ने गर्छन्, अर्थात एक अर्कालाई ग्रहण लाउने गर्छन् ।
यी ताराहरुको समूहलाई ए, बी र सी समूहमा वर्गीकरण गर्दा ए र सीले एक अर्कालाई प्रत्येक चार वर्षमा परिक्रमा गर्ने गर्छन् । रोचक छ भने ए र बी समूहका ताराले बी समूहको तारालाई प्रत्येक २ हजार वर्षमका एक परिक्रमा गर्ने गर्छन् ।
नासाको ट्रान्जिटिङ एक्जोप्लानेट सर्भे स्याटेलाइट ((Transiting Exoplanet Survey Satellite (TESS)) ले फेला पारेको ताराहरुको उक्त प्रणालीलाई वैज्ञानिकहरुले TIC 168789840 नाम दिएका छन् । सजिलोका लागि यसलाई TYC 7037-89-1 पनि नाम दिइएको छ । यसअघि यस्तै किसिमका अन्य तीनवटा ताराप्रणाली पनि पत्ता लागिसकेका छन् ।
तीमध्ये सबैभन्दा चर्चित 'क्यास्टोर' नामक ताराप्रणाली सन् १९२० मा खोजिएको थियो । ताराहरुको यो समूह पृथ्वीबाट ५१ प्रकाशवर्ष टाढा छ । पहिले यस तारा प्रणालीमा दुईवटा मात्रै ताराहरु छन् होला भन्ने विश्वास गरिएको थियो । तर पछि आएर के पत्ता लाग्यो भने उक्त प्रणालीमा तीनजोडी तारा छन् । वैज्ञानिकहरुका अनुसार उक्त तारा समूह पनि TIC 168789840 जस्तै नै छ ।
TIC 168789840 मा ६ वटा तारा दुई दुईको समूहमा तीनजोडीमा रहेका छन् । पहिलो जोडीले ३१ घण्टामा एक चक्कर पूरा गर्छ र दोस्रोले ३८ घण्टामा । यिनीहरु एक आपसमा परिक्रमा गरिरहँदा एउटा निश्चित केन्द्रबिन्दु लाई पनि संगसँगै परिक्रमा गरिरहेका हुन्छन्, जसलाई पूरा गर्न ३.७ वर्ष लाग्ने पनि थाहा भएको छ ।
यस तारा प्रणालीमा ताराका दुइवटा युग्म छन। पहिलो युग्मका तारा एक अर्काको परिक्रमा ३१ घंटामा पूरा गर्छन भने अर्को जोड़ीका ताराले परिक्रमा पूरा गर्न ३८ घंटा को समय लगाउछन। र, यी सबै तारा एउटाले आफ्नो 'कॉमन सेंटर'को परिक्रमा ३.७ वर्ष मा पूरा गर्छन। र, यस तारा प्रणालीका सदस्य भएकाले यी ताराहरु एक अर्काको एउटा परिक्रमा १९७ घंटामा पूरा गर्छन। यसैगरी यस तारामण्डलका ताराले आफ्नो सम्पूर्ण मण्डलको एउटा परिक्रमा २ हज़ार वर्षमा पूरा गर्ने गरेको वैज्ञानिक अनुमान छ । पृथ्वीबाट १९०० प्रकाशवर्ष टाढा एरिडानुस कन्स्टेलेसन (नक्षत्र) मा अवस्थित ताराहरुको यस प्रणालीको थप अध्ययनले विभिन्न किसिमका अन्य तारामण्डलका बारेमा नयाँ जानकारी प्राप्त हुने वैज्ञानिकहरुले विश्वास गरेका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar