थाइल्याण्डका वैज्ञानिकले गरेको अनुसन्धानले अब तालु खुइलेका पनि दिन फर्किएको देखाएको छ । अब उनीहरुको तालुमा आलु झैं कपालको खेती फेरि फस्टाउँनेछ ।
वैज्ञानिकहरुले हालै गरेको एक क्लिनिकल ट्रायलमा सम्मिलित ५० जनाको टाउकोमा पुन कपाल उमार्न सफलता पाएको छ । समुद्र तटमा पाइने एउटा वनस्पति मैग्रोवको अर्कबाट बनाइएको औषधिको प्रभावकारिता देखिएको हो । वनस्पति जगतमा ‘राइजो फोरसी’ (RHIZOPHORACEAE) फेमीलीको राइजोफोरा प्रजातिमा आउने मैग्रोव ट्रोपिकल र सबट्रोपिकल भु—भागमा पाइने झाडी किसिमको सानो रुख हो ।
मैंग्रोवबाट बनिने अर्कलाई ‘एविसोनिया’ मारिन भनिन्छ । यसमा प्रमुख रुपले एविसेक्विनन भन्ने रसायन पाइन्छ । यसले एक्टिभ कम्पाउन्ड एन्जाइमसँग प्रतिक्रिया गरेर कपाल झर्ने क्रमलाई रोक्छ । मूलतः कपाल झार्न भूमिका निर्वाह गर्ने शरीरको हार्मोनलाई यसले नियन्त्रित गर्छ ।
थाइल्याण्डको चुल लान्गकोर्न विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अनुसन्धानमा सम्मिलित ५० जना व्यक्तिमा यसको सकारात्मक परिणाम प्राप्त भएको छ । त्यसमा उनीहरुको कपाल झर्न रोकिनुका साथै नयाँ कपाल आउन थालेको नतिजा प्राप्त भएको थियो ।
चुल लान्गकोर्न विश्वविद्यालयको ‘फार्माकोग्नासी एण्ड फर्मास्युटिकल बोटनी’ संकायका प्रोफेसर बाचाइ डेनामक्कुलले मैग्रोवको अर्कबाट बनाइएको औषधी तालु खुइलिने रोगमा अत्यन्त प्रभावकारी रहेको बताए । यसले कपाल झर्न रोक्नुका साथै नयाँ कपालको विकासमा समेत मद्दत गर्छ । एउटा निजी कम्पनीले यस औषधीको व्यापारिक उत्पादन गर्ने पेटेन्ट लिएको छ । ६ महिनाभित्र यो औषधी बजारमा उपलब्ध गराउने कम्पनीले दावी गरेको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar