अध्ययन र कानुनी मान्यता बिनै अध्यागमन एजेन्ट हुँ भनि ‘झुठो’ प्रचार गर्दै लाखौँ डलर ठगेको आरोपमा दोषी ठहर गर्दै अस्ट्रेलियाको पर्थमा एक ३८ वर्षीय महिला पक्राउ परेकी छन्।
पीडितहरूले दिएको उजुरीका आधारमा गृह मामिला विभाग अन्तर्गत रहेको अस्ट्रेलियन बोर्डर प्रोटेक्सनले छानबिन गरी ती महिलालाई पक्राउ गरेको हो।
चिनियाँ नागरिकता रहेकी पर्थ निवासीले उनले आफ्ना ग्राहकबाट तीन लाख डलरसम्म उठाएको आरोप पीडितले लगाएका थिए।
अस्ट्रेलियन बोर्डर प्रोटेक्सनका अनुसार दर्ता नगरिएका भिसाको आवेदन शुल्क लिँदै कयैन व्यक्तिलाई ठगेको उजुरी परेको हो।
अस्ट्रेलियामा रहेको वा अस्ट्रेलिया प्रवेश गर्न नपाएको लगायत ‘व्यापक अध्यागमन ठगि’ को आरोपमा उक्त महिलालाई दोषी ठहर गर्दै साढे ६ वर्षको जेल सजाय तोकेको छ।
कम्तीमा पनि साढे चार वर्षसम्म जमानतमा समेत रिहा हुन नपाउने गरी गरिएको निर्णयमा ती नक्कली एजेन्टलाई आम मानिसबाट लिएको १ लाख ८८ हजार २ सय ३५ डलर फिर्ता गर्नसमेत आदेश दिएको छ।
अस्ट्रेलियामा पर्थमा भएको यस घटनाले धेरैलाई झकझकाएको भन्दै एकाका पूर्वअध्यक्ष तथा निल कन्सलट्यान्सीका रजिष्टर माइग्रेशन एजेन्ट निरज श्रेष्ठले यहाँ यस्ता खाले थुप्रै घटनाहरु भएको बताए।
उनले यस्ता घटनाका बारेमा सम्वन्धित निकायमा उजुरी नहुँंदा गलत काम गर्नेको मनोबल बढदै गएको बताए। ‘यस्ता समस्या नेपाली समुदायमा पनि देखिन थालेका छन्, यसलाई हामीले बेलैमा सचेत पार्न सकनौं भने यसले भयावह रुपमा लिनसक्छ’, श्रेष्ठले सेतोपाटीसँग भने।
अग्रेजी बोल्न धेरै नजान्ने र अस्ट्रेलियाको कानुन र अध्यागमन नीति नबुझेका नयाँ र सोझा बढी फस्ने गरेको श्रेष्ठले बताए।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar