केही अगाडि एक प्रदेशका सांसदहरुबाट “प्रदेशका स्वास्थ, समस्या र समाधानको” बारेमा बोल्न कही बोलिदिन आग्रह गर्नुभयो । जलपान चियापान समेतको व्यवस्था थियो । ८ः३० बजे हुने कार्यक्रम झण्डै नौ बजे शुरु भयो । मलाई ९ः२० बजे देखि ९ः४० सम्म बोल्नको लागि भनिएको थियो । तर १०ः१५ बजेसम्म नेताजीहरुले आफै बोल्नुभयो । “वहाँहरुले विषेषज्ञहरुको कुरा सुन्न बोलाउनु भएको हो कि नेताहरुको लामो लामो भाषण सुन्न बोलाउनु भएको हो” ? भनेर सयोजकलाई मैले प्रश्न गरे । “कार्यक्रमको शुरुवातमा नेताजीहरुले बोल्ने कुनै कार्यक्रम थिएन, तर धेरै सासंद र बुद्धिजिवीहरुको उपस्थिती देखेर नेताजीहरुले आफ्नो बिशेषज्ञता देखाउन लोभ लाग्यो होला” । संयोजकले मलिन अनुहार लगाएर भने “अब तपाई बोल्नुपर्छ” भनेर समय दिए ।
पूर्वमन्त्रीले झण्डै ४०/५० मिनेट भाषण गर्नुभयो । प्रायः नेताजीहरुले भाषणमा आफ्नो चुनावको बेलामा बोल्ने कुरा बोल्नुभयो । “प्रदेशलाई सुनको डल्लो बनाउनु पर्छ ?’ नेताजीहरुले एउटै कुरा “आफ्नो प्रदेशमा विजुली पुर्याउनु पर्यो, ठोस योजना गर्नु पर्यो” बारम्बार दोहोर्याएर बोल्नुभयो ।
मलाई दिक्क लाग्यो, । सोचें कार्यक्रममा नभएको नेताहरुको भाषण सुनाएर, कार्यक्रम लामो पार्नुको कुनै औचित्य छ ? “अस्पताल र सडक बनाउनुपर्छ, हामीकहाँ चुनौती छ, अब यसरी समाधान गरौ” भनेर नेताजीले भाषण गर्दा मलाई लागिरहेको थियो सबै कुरा नेताजीलाई नै थाहा रहेछ, किन विशेषज्ञलाई बोलाउनु पर्यो ?
नेताजीको भाषणपछि संयोजकले मलाई बोल्ने मौका दिए । मैंले शुरुमै नै भने “नेताजीहरुले नयाँ प्रदेश बनाउने भनेर बोल्नुहुन्छ । ढर्रा चाही पुरानै छ नेताजीहरु मैलिकता जोगाउँ भन्नुहुन्छ । होटेलमा दिएका बिहानको खाजामा समेत नेपालीपन छैन । शुरुवातमा नै खाजा राख्दा स्वस्थ, र सस्तो र तपाईको अन्नबाट बनेको प्रदेशमा पाइने खाजा राखेको भए पो मौलिकता जोगिन्थ्यो । नेताजीले हाम्रो प्रदेशमा जनताको स्वास्थ राम्रो राख्न अस्पताल र प्रयोग रगत परिक्षण गर्ने व्यबस्था राम्रो हुनुपर्छ भन्नु भएको थियो”।
“राम्रो स्वास्थ केवल अस्पताल, औषधि र डाक्टरले गर्दा मात्र हुने होइन, सफा पानी, पौष्टिक र स्थानिय खाना र सस्कृतीको जगेर्नाले पनि स्वास्थ्य राम्रो पार्न महत्वपूर्ण भूमिका खेल्छ । अब स्वास्थको बारेमा नयाँ तरिकाले विचार गर्नुस । धेरै जसो औषधि नेपालमै बनाउन सकिन्छ । बाहिरबाट ल्याउन पर्दैन”। मलाई दिएको समय सिद्धिन लाग्दा मैले भने “अनि केवल आधुनिक औषधि होइन, परपंरागंत ज्ञान पनि आदर गर्नु पर्छ । विशेषज्ञहरुको भनाई सुन्न होटेलमा होइन, आफ्नै प्रदेशमा बोलाउनुहोस्, हामी आफै आउन सक्छौं” । मेरो बोलीले नेतालाई केही चित्त द्खेपनि, मलाई लाग्यो मैले नबोले कसले बोल्ने ?
नेताजीहरुले धेरै मान खोज्न भएन भनेर कसैले सलाह दिएको छ कि छैन । कुनै ठाउँमा जाँदा धेरै मान्छे जम्मा गराएर २०/२५ किलोको माला लगाएर भाषण गर्ने बानी त छोडनु भए नै बेस हुन्थ्यो नि नेताजी । प्रायः म त कुनैपनि नेताको भाषणमा जान्न, नेताजीले सबै ठाउँमा एकै जस्तो रटे रटाएको भाषण दिनुहुन्छ जनताको हातमा त फुस्सा मात्र आउँछ ।
अब यस्तो नचाहिदो भाषण र फूल मालालाई त्याग्नुपर्ने बेला भएन नेताजी ? नेताजी आउनुभन्दा अघि ४/५ दिन अफिसमा काम ठप्प हुन्छ, नेपालीको स्वागतको लागि । के नेताजीलाई एक घन्टाको स्वागतले पुग्दैन ? यस्तो स्वागत खानुभन्दा त बरु नेपालीहरुले समुदायमा गएर स्कूल, स्वास्थचौकीमा शौचालयको व्यबस्था छ कि छैन भनेर हेरेहुन्थ्यो । नेताजीले स्कुलमा शौचालय बनाउनु पर्छ भने भाषण दिएपछि प्राय स्कुलमा शौचालय त बन्छ, तर पानी चाँही हुन्न, अनि शौचालय बन्छ तर प्रयोग बिहिन । तर नेताजीको नाम चाँही रहिरहन्छ ।
“मैले भनेर शौचालय बनाइयो” नेताजी मख्ख पर्छन् तर शौचालय दुर्गतिको कथा चाँही नेताजीको कानसम्म पुग्दैन । धन्य, कहिले कहिले पत्रिकाले शौचालय र भान्छा एकैठाउँमा भएको फोटो छापिदिन्छन, कहिले स्कुलको शौचालयमा पानी नभएर बन्द भएका फोटो छापिदिन्छन् र पो त जनताले थाहा पाउँछन शौचालय कस्तो बन्दो रहेछ । तर नेताजी त यस्ता कुराफेरी बिर्सेर शौचालय बनाउन नै भाषण दिन्छन । पानीको बन्दोबस्त गर्नुपर्छ भनेर चाँही कसैले विचार गर्दैन किन होला ? त्यसैले नेताजी कृपया अब काम गर्नुस है । (डा.उप्रेतीको फेसबुकबाट साभार)
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar