काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्वभर खोप अभियान चलिरहेको छ । यसै सिलसिलामा गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाले खोपको असर र उपयोगबारे जानकारीमूलक सन्देश प्रवाह गरेका छन् ।
ज्वरो आएको बेला, रक्तश्रावसम्बन्धी समस्या भएका व्यक्ति, रगत पातलो बनाउने औषधि सेवन गर्ने व्यक्ति, गर्भवती हुन इच्छुक महिला, गर्भवती, सुत्केरी, स्तनपान गराइरहेकी महिला, गम्भीर कोरोना संक्रमित, सिकिस्त बिरामी लगायतले पनि यो खोप नलगाउन उत्पादक कम्पनीले सुझाएका छन् । १८ वर्ष भन्दा कम उमेरका लाई पनि खोप लगाउन सिफारिस गरिँदैन ।
खोप लगाएको ३ देखि ६ हप्तामा मात्रै अर्को मात्रा लिनुपर्छ । दोस्रो मात्रा लगाएको ४ हप्तापछि शरीरमा एन्टिबडी बन्न थाल्छ । त्यो भन्दा पहिले जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्दछ । अन्यथा आफू र अरुलाईलाई सुरक्षित राख्न थप चुनौती देखिन पनि सक्छ । दोस्रो मात्राको खोप सोही कम्पनीको लगाउनुपर्छ जुन पहिलो मात्रामा लगाइएको छ ।
हाल बजारमा आएका खोपहरुको प्रभावकारिता, तिनका असर लगायतका बारेमा निक्र्यौल गरेरै भन्न नसकेपनि अनुमोदित सबै खोपहरु संक्रमणको विरुद्धमा ९० प्रतिशत माथि नै प्रभावकारी पाइएका छन् । जुन निकै सकारात्मक पक्ष हो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar