पार्किन्सन रोग तन्त्रिका वा शरीरको सूक्ष्म अंगहरूमा हुने फैलावट वा विकास हो । जसले तपाईंको हरेक गतिविधिलाई बिस्तारै प्रभावित गराउँदै जाने गर्छ । पार्किन्सन मानव शरीरमा बिस्तारै बिस्तारै विकसित हुँदै जाने समस्या हो । कहिलेकाहीँ केवल एक हातमा मात्रै कम्पन उत्पन्न भएर यसको संकेत गर्ने गर्छ भने कहिले शरीर नै काम्न थाल्ने गर्छ । जब पार्किन्सन रोगको सबैभन्दा मुख्य संकेत बन्ने गर्छ त्यसपछि मान्छेमा अस्वाभाविक कम्पन भएर ऊ बेहोस समेत हुन सक्छ । पार्किन्सन रोगको सुरुवाती चरणमा तपाईंको अनुहारमा देखिने हाउभाउ शिथिल हुँदै जाने गर्छ ।
पार्किन्सन रोगको लक्षण
यस रोगको लक्षण र संकेत हरेक व्यक्तिमा भिन्न हुन सक्छ । यसको सुरुवातमा पूरा संकेत नदेखिन सक्छ । सुरुवाती संकेत कम हुन सक्छ र सहजै यसलाई पत्ता लगाउन नसकिने पनि हुन सक्छ । यसको लक्षण अक्सर तपाईंको शरीरको एक तर्फको हिस्सामा देख्न सुरु हुन्छ र स्थिति धेरै खराब हुँदै जान्छ । यसपछि पूरा शरीर यसको लक्षणबाट प्रभावित हुँदै जाने गर्छ ।
पार्किन्सन रोगको संकेत र लक्षणहरु निम्नानुसार छन् ।
कम्पन :हिँडडुल गर्दा वा त्यसै बस्दा पनि तपाईंको हात र औंलाहरु काम्न सुरु हुन्छ । यसको कारण तपाईंका औंला र तर्जनीलाई एकअर्काेमा रगड्न सुरु गर्नुहोस् । जसलाई पिल–रोलिङ ट्रेमर भन्ने गरिन्छ । शरीर वा हात काप्नु पार्किंन्सन रोगको एक लक्षण हो । आरामको स्थितिमा तपाईंको हातमा हुनेवाला कम्पनलाई हामीले यसको मुख्य लक्षणको रुपमा लिन सक्छौं ।
काममा सुस्तता : यो रोग लागेपछि तपाईंको हिँडडुल गर्ने र काम गर्ने क्षमतामा कमी आउँछ । जसका कारण एक सहज कार्यमा समेत कठिनाई उत्पन्न हुन सक्छ र समय अधिक लाग्न सक्छ । तपाईंँले हिँडडुल गर्दा धेरै समय लाग्न सक्छ ।
कठोर मांशपेशीहरू : तपाईंको शरीरको कुनै पनि हिस्सा वा मांसपेशीमा दुखाइ हुन सक्छ । कठोर मांशपेशीको गतिलाई सीमित गराउनमा उद्धत हुन सक्छन् ।
स्वचालित गतिविधिमा हानि हुनु : पार्किन्सनका बिरामीमा अचेत कार्य गर्ने क्षमतामा कमी आउन सक्छ । जसमा आँखीभौंहरू झिम्काउनु, मुस्कुराउनु या हात हिँडडुल गराउनु आदि पनि यसमा सामेल हुन्छन् । कुराकानी गर्ने समय अनुहारमा धेरै समयको लागि हाउभाउ गर्न सकिँदैन ।
आवाजमा परिवर्तन हुनु : पार्किन्सन रोगको परिणामी स्वरूप उच्चाहरणसम्बन्धी समस्याहरू हुन सक्छ । तपाईंको स्वर कम तीव्र वा अस्पष्ट हुने पनि यही रोगको समस्या हुन सक्छ ।
पार्किन्सन रोगको कारण र जोखिमको कारक
पार्किन्सन रोगमा मस्तिष्कमा उपस्थित केही तन्त्रिका वा कोशिकाहरू बिस्तारैबिस्तारै खराब हुन थाल्छन् या नष्ट हुन सक्छ । न्यूरोन्सहरुले हाम्रो मस्तिष्कमा डोपामाइन नामको रसायन उत्पन्न गर्छन् । डोपामाइनको स्तरमा आउनेवाला कमी असामान्य मस्तिष्कको गतिविधिका कारण बन्ने गर्छ । जसको परिणाम स्वरुप पार्किन्सन रोगको संकेत मिल्ने गर्छ । पार्किन्सन रोगको कारण अज्ञात हुन्छ ।
तपाईंको जीन : शोधकर्ताहरुले विशिष्ट जेनेटिक उत्परिवर्तनहरुको पहिचान गरेको छ । जुन पार्किन्सनका बिरामीको कारण बन्न सक्छ । तर यो पार्किन्सन रोगबाट प्रभावित परिवारका सदस्यहरू वाला दुर्लभ मामलाका अलावा असामान्य हुने गर्छ ।
पर्यावरणसँग सम्बन्धित कारण : केही विषाक्त पदार्थहरु या पर्यावरणीय प्रभावले अन्तिम चरणको पार्किन्सन रोगीहरुलाई जोखिम बढाउन सक्छ । तर समग्रमा यसबाट पार्किन्सन रोगको जोखिम कम हुन्छ ।
संक्षेपमा पार्किन्सनका बिरामीको लागि उत्तरदायी कारकको पहिचान गर्नको लागि अहिले अधिक शोध गर्नु आवश्यक छ ।
पार्किन्सन्सको जोखिम कारक के हो ?
पार्किन्सन रोगको जोखिमका कारकहरू निम्नानुसार छन्
बढ्दो आयु – पार्किन्सन रोग युवाहरूमा धेरै कम पाउने गरिएको हुन्छ । यो आम रूपमा जीवनको मध्य या अन्तिम अवस्थाको समयमा सुरु हुने गर्छ र उमेरको साथ जोखिम पनि बढ्दै जान्छ । यसका बिरामी सामान्य रूपमा हेर्दा ६० वर्ष या सोभन्दा अधिक उमेर पुगेपछि हुने गर्छन् ।
आनुवांशिकता – तपाईंको कुनै नजिकको आफन्तलाई पार्किन्सनको समस्या छ भने तपाईंमा पनि यो समस्या बल्झिने सम्भावना बढी हुन्छ । जबसम्म तपाईंको परिवारमा कसैलाई पनि यो समस्या छैन भने तपाईंमा यो समस्या देखिने सम्भावना अत्यन्त न्यून हुन्छ ।
पुरुषहरुलाई जोखिम अधिक – महिलाहरुको तुलनामा पुरुषहरुमा पार्किन्सन रोग विकसित हुने सम्भावना अधिक हुने गर्छ ।
विषाक्त पदार्थको सम्पर्कमा आउनु – वनस्पतिनाशक र कीटनाशकको औषधिको निरन्तर सम्पर्कमा आउनुले तपाईंको पार्किन्सन रोगबाट ग्रसित हुने खतरा धेरै हुन सक्छ ।
पार्किन्सन रोगबाट बच्ने तरिका
पार्किन्सन रोगको कारण अज्ञात हुन्छ । यसकारण यसको रोकथामको तरिका पनि एक रहस्य नै हो । अहिले केही शोधबाट पत्ता लागेको छ कि कफी, चिया र कोकाकोलामा पाइने कफिन पार्किन्सन रोगको जोखिम कम गर्ने औषधि हो । ग्रीन टीले पनि यसको खतरालाई कम गर्ने गर्छ । नियमित एरोबिक व्यायामले पनि यस रोगको जोखिमलाई कम गर्न मद्दत गर्छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar