अमेरिकाको माथिल्लो सदन सिनेटमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रक्रिया सुरू भएको छ।
जनवरी ६ मा संसद भवनमा भएको हिंसा भड्काउन सघाएको आरोपमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पारित भएर आएको महाअभियोग प्रस्ताव अघि बढाउनेबारे मंगलबार सिनेटमा छलफल भएको हो। छलफलको सुरूमा महाअभियोग लगाउनु पर्ने र नपर्ने पक्षमा रहेका दुबै तर्फको बहस भएको थियो।
त्यसपछि भएको मतदानमा ५६ जना सिनेटरले ट्रम्पविरूद्धको महाअभियोग अघि बढाउनु पर्ने पक्षमा र ४४ जनाले विपक्षमा मतदान गरेका थिए। पक्ष र विपक्षको मतदान पार्टीगत रूपमा भएको छ। डेमोक्र्याटिक पार्टीका सबै ५० सिनेटरले पक्षमा मतदान गरेका छन् भने रिपब्लिकन पार्टीका ६ जनामात्रै ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा उभिएका छन्।
रिपब्लिकन पार्टीका सिनेटरले साथ नदिएकाले ट्रम्पविरूद्धको महाअभियोग पारित हुने सम्भावना झिनो छ। सिनेटले महाअभियोग दुई तिहाइ बहुमतबाट पारित गर्नुपर्छ। दुई तिहाइ बहुमत पुग्न कम्तिमा १७ जना रिपब्लिकन सिनेटर महाअभियोग लगाउने पक्षमा उभिनु पर्छ।
अमेरिकाको इतिहासमा दुई पटक महाअभियोग सामना गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुन्। सिनेटबाट यो प्रस्ताव पारित भए उनी सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar