१ फागुन, काठमाडौं । सावित्रा भण्डारीको ५ गोलको मद्दतमा सशस्त्र प्रहरी (एपीएफ) क्लबले राष्ट्रिय महिला लिगमा लगातार नवौं जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा सावित्राले ५ गोल गरेपछि विभागीय टोली एपीएफले वालिङ नगरपालिकालाई ६-० ले पराजित गरेको हो ।
सावित्राले खेलको सातौं १६औं र २०औं मिनेटमा गोल गर्दै १४ मिनेटमै ह्याट्रिक पूरा गरेकी हुन् । यस्तै ६४औं र इन्जुरी टाइमको दोस्रो मिनेटमा सावित्राले गोल थपिन् ।
एपीएफका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी प्रिती राईले पहिलो हाफको इन्जुरी टाइममा गोल गरिन् ।
शतप्रतिशत जित निकालेको एपिएफले ९ खेलबाट २९ अंक जोड्दै दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबसँग ५ अंकको दुरी बनाएको छ ।
एपीएफले अब नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका र त्रिभुवन आर्मीसँग खेल्न बाँकी छ । वालिङ १० खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । पुलिसको समान अंक भएपनि वलिङ हेड टु हेडमा अघि रहेको हो ।
एपीएफकी प्रशिक्षक भगवती थापाले वालिङको विदेशी खेलाडीले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिइन् । विपक्षी टिममा विदेशी खेलाडी हुँदा डिफेन्स र गोलकिपरमा दबाब परेको भन्दै उनले भनिन्, ‘वालिङको विदेशी खेलाडीले व्यक्तिगत रुपमा राम्रो खेले । किपर पनि राम्रो प्रदर्शन गरे ।’
वालिङका प्रशिक्षक दिलिप थापा मगरले आजको खेल भन्दा पनि बाँकी रहेको दुई खेललाई ध्यानमा दिएर खेलेको बताए । वालिङले अब लिगमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकासंग खेल्न बाँकी छ ।
‘हार्दा नमज्जा भएपनि खेलाडीले सकेको खेलेका हुन् । हाम्रो लागि अबको दुई खेल महत्वपूर्ण छ त्यसैले कार्ड पाएका खेलाडीलाई सुरक्षित रहेर खेलाएका थियौँ’ दिलिपले भने, ‘हाम्रो लक्ष्य तेस्रो बन्ने हो । त्यसैले अबको २ खेल जित्नुपर्छ ।’
सावित्राको ९ खेलमा ४३ गोल
एपीएफकी फरवार्ड जारी लिगमा सर्वाधिक गोलकर्तामा अघि छन् । उनले ९ खेल खेल्दा ४३ गोल गरिसकेकी छिन् । वालिङविरुद्ध ५ गोल गरेपछि उनको गोल संख्या ४३ पुगेको हो ।
एक खेलमा मात्र गोल गर्न नसकेकी सावित्राले ७ खेल ३ वा त्यो भन्दा माथिको संख्या गोल गरेकी छिन् ।
उनले लिगको पहिलो चरणको खेलमा वालिङ विरुद्ध २ गोल गरेकी थिइन् भने आर्मी विरुद्ध गोल गर्न सकिनन् । यस्तै चौदण्डी विरुद्ध पहिलो चरणमा १२ र दोस्रो चरणमा ८ गोल गरेकी थिइन् ।
यस्तै चन्द्रपुर विरुद्ध पहिलो चरणमा ३ र दोस्रो चरणमा ६ गोल गरिन् । विराटनगर विरुद्ध पहिलो चरणमा ४ गोल गरेकी थिइन् । यस्तै पुलिस विरुद्ध पहिलो चरणमा ३ गोल गरेकी थिइन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar