फाल्गुन २ युवा युवतीहरुलगायत महिला पुरुषले प्रेम दिवस मनाइरहेका छन् । विश्वभर वर्ष फेब्रुअरी १४ का दिन यो दिवस मनाउँदै आएका हुन् ।
नेपालभरि नै प्रेम दिवसलाई विशेष चाँडको रुपमा मनाउन थालिएको छ । पछिल्लो समय खास गरी युवा युवतीहरुले यो दिवसलाई उल्लासका साथ पर्वको रुपमा मनाउन थालेका हुन् ।
एकअर्कालाई माया, प्रेम र सद्भाव व्यक्त गर्न यो दिवस उल्लासका साथ युवा युवतीहरुले मनाउने गरेका छन् । यो दिन प्रेमीप्रेमिकाले एक अर्कालाई गुलाबको फूलका साथै उपहार दिएर बाचा बन्धनका साथ प्रेम प्रस्ताव राख्ने गर्छन् । प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर सँगै मर्ने बाँचने बाचा बन्धन गर्ने गरेका हुन् ।
युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् । भ्यालेन्टाइन डेको रौनक बढेपछि गुलाव तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने चलन युवायुवतीमा बढ्दै गएको छ । टाढा भए नयाँ प्रविधिको सहारा लिएर भ्यालेन्टाइन डे मनाउन थालेका छन् ।
यो समयमा पलसमा रातो गुलाब तथा ‘आई लभ यु’ लेखिएको विभिन्न उपहार पोस्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट, चकलेट जस्ता सामान बढी बिक्री हुने गरेको छ । भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २ सय ६९ मा रोमनबाट सुरु भएको हो ।
सैनिक नारीसँगको सम्बन्धका कारण कमजोर हुने भएपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उलंघन गर्ने घोषणा गरेका थिए ।
आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए। मृत्युदण्डभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए।
भ्यालेन्टाइनलाई सन् २ सय ६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो। प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा यो दिनलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसका रूपमा मनाउन थालिएको हो। य
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar