काठमाडौं । सरकारले विद्यालय बन्द गर्नेबारे सरोकारवाला निकायहरुसँग आज छलफल गर्दैछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवाला निकायहरुलाई छलफलका लागि अहिले बिहान ८ बजे बोलाएको छ । बालबालिकामा कोरोनाको नयाँ स्वरुप युके भेरियन्टको संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो ।
विद्यालय सञ्चालनबारे छलफल गर्न मन्त्रालयले बोलाएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताउनुभयो । प्याब्सनले भने सरकार काठमाडौं सहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध जनाएको छ ।
प्याब्सनका अध्यक्ष टिका पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ती जारी गर्दै स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने बताउनु भएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar