चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष रहेका छन् ।
अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख १२ गते अस्पताल भर्ना भएका थिए । उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।
यस्तै नवलपारसीको देवचुलीका पुरुषको पनि आजै मृत्यु भएको छ । बाटोमा हिँड्दा लडी घाइते भएर उपचारका लागि वैशाख १२ गते अस्पताल आएका उनमा १३ गते कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको हो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar