काठमाडौं । लकडाउन खुकुलो हुँदै गएसँगै सामाजिक दुरि कायम गर्ने सहज माद्यम मोटरसाइकलको प्रयोग बढ्ने देखिएको छ । यसरी मोटरसाइकल चलाउँदा प्रयोग गर्ने हेलमेटलाई सुरक्षित राख्नु पर्ने हुन्छ ।
टाउकोमा प्रयोग गर्ने सुरक्षा साधन भएका कारण हेलमेटमा कोरोनाको उच्च जोखिम हुन्छ । कोरोना भाइरस मुख्यत मुख नाक तथा आँखाबाट सहजै शरिरमा प्रवेश गर्छ । यस कारण मोटरसाइकल चलाउँदा लगाउने हेलमेटको सुरक्षा गर्नु पर्ने हुन्छ ।
सनिटाइज गर्ने
हेलमेट प्रयोग गर्नुअघि र प्रयोग गरे पश्चात् हेलमेटलाई सेनिटाइज गर्नु पर्छ । अहिले बजारमा स्प्रे गर्न मिल्ने सेनिटाइजर उपलब्ध रहेको छ । यसका अलावा सफा कपडामा सेनिटाइजर राखेर हेलमेटको सबै भागमा राम्रोसँग दल्नु पर्छ ।
सधै सुख्खा स्थानमा राख्ने
प्रयोग गरेर सेनिटाइज गरि हेल्मेट थन्काउँदा सधै सुख्खा स्थानमा राख्नु पर्छ । चिसो स्थानमा चाँडै कोरोना भइरस फैलने बिज्ञहरुको भनाई रहेको छ ।
पार्किङ गर्दा ध्यान दिने
सार्वजनिक स्थानमा मोटरसाइकल पार्किङ गर्दा हेलमेटलाइ मिररमा वा सिटमा छाडेर हिड्नु हुदैन । यसरी हेलमेट छाड्दा धेरै मानिसको सम्पर्कमा आउन सक्छ । त्यसैले पार्किङ पछि हेलमेट आफैसँग लिएर हिड्नु उपयुक्त हुन्छ ।
व्यक्तिगत प्रयोग
एउटा हेलमेट एकजनाले मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ । आफ्नो हेलमेट कसैलाई पनि प्रत्यक्ष प्रयोग हुने भएका कारण हेलमेटलाई व्यक्तिगत प्रयोग गनु पर्छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar